“Janmabhumima Jannani Abhiyan”

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए जानकारी, छिटो छानबिन गर्न निर्देशन

१४ पुस, काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको घटनाको प्रधानमन्त्री प्रचण्डले जानकारी लिएका छन् ।
शनिबार बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई बालुवाटार बोलाएर घटनाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।